#प्रथम_भेला
२०६२/०२/२१ गते शनिबार हिकोडेफको सभा हल, बिहान करिव एघार बजे सुरवीर सरको सहजिकरणमा सुरु भएको भेला तिन घण्टा लामो छलफल पश्चात मेरो अध्यक्षतामा नौ सदस्यीय समिति र समुहको न्वारान गरेर सकियो। जसअन्तरगत
अध्यक्ष : सुनिल लम्साल
उपाध्यक्ष: यशोदा भट्टराई
सचिव: शिव पाण्डे
कोषाध्यक्ष: सहदेव पौडेल
कार्यसमिति सदस्यहरू: - - - - -
अन्य सदस्यहरू: - - - - - - - -
तर पनि यसरी 17 सदस्य रहेको समुह गठन गरेको दिनमा नै मन अमिलो बनाउनु पर्ने भएको थियो। विषेश गरी हामी तिन जना लाई, किनकि अरुलाई ति हामीबाट छुट्टिएर जाने ९/१० जना साथीहरुको विषयमा खासै जानकारी थिएन, अनि जानकारी भएकाहरूलाई त्यसको असर अनुमान थिएन। मनमा दमाहा त अझ त्यति बेला बज्यो जब हाम्रो योजनालाई माथ दिनको लागि मात्र भए पनि तिन घण्टा जेठो संस्थाको जबर्जस्ती जन्म भएको थियो , त्यही सभाहलमा।। हिकोडेफका कर्मचारी सँग व्यक्तिगत चिनारी भएकै आधारमा उनीहरूले हामीलाई उछिन्ने साहस गरेको बालसुलभ निष्कर्ष निकालियो। मन खुस नभएको अर्को बालसुलभ कारण थियो निर्णय पुस्तिका...। एकै दिन जन्मिएका दुई भाइलाई काखा र पाखा गरिएको जो थियो।
अन्ततः यही दुई कुराले नै हाम्रो अगाडिको यात्रा को गोरेटो निर्धारण गर्न मद्दत गर्यो भन्ने लाग्छ। मेरो कार्यकालमा जति प्रगति भए यही दुई कुराकै छायामा भएका हुन् भन्ने मेरो आज पर्यन्तको ठम्याई हो। शक्तिमान, जुनियर जि र क्रिकेट- फुटबलमा रमाउने हामी केटा साथीहरू अनि सजिलै घर बाहिर निस्कन पनि गाह्रो मान्ने केटिहरूमा केही गरेर देखाउने, उनीहरू समयले जेठा होलान् तर कर्मले हामी अगाडि हुनुपर्छ भनेर इख जगाउन सफल भएँ । त्यसको लागि ति मित्रहरूलाई पुनः धन्यवाद दिन चाहन्छु। साथीहरूलाई कुराहरू विस्तारै प्रस्ट हुँदैगयो तर सुरुबाटै काम गर्ने वातावरण र जोस त्यही इखले प्रदान गर्यो।
यो त भयो त्यो दिनको वस्तुस्थिति र साथीहरूको जोसको राज, अब मेरो मनोभावना... बाह्र बर्से बालख सत्र जनाको टोलीलाई दौडाउने इच्छा थिएन । सहदेव वा शिवलाई अघि लगाएर आफू सारथि हुन चाहन्थेँ। तर हतियार मेरै काँधमा बोक्नु पर्ने भयो। बाल क्लब को अध्यक्ष.. अनौठो महसुस भएको थियो। म चाहन्थेँ कि केही काम गरे पछि नै समाजमा परिचय दिऊँ तर कहाँ त्यस्तो हुन पाउँथ्यो र? सुरुका केही दिन कसैले अध्यक्ष भनि बोलाउँदा खिसी गरेको जस्तो आभास हुन्थ्यो। सबै भन्दा बढी असहज त हामी भन्दा जेठा समुहका साथीहररूको बोलाउने शैलीले गराउदथ्यो। त्यसैले सुरुका केही दिन त ति साथीहरूको बाहुल्य रहेको बाटोबाटै विरलै हिडेँहुम्ला। विस्तारै बानि पर्दै गयो, हाम्रा कामहरुले समुह टोल छिमेकमा स्थापित हुँदै गयौं। अनि अनगिन्ती सहयोगी हातहरु र दुई विषेश सारथिको काँध पाएर सगर्व भन्न थालेँ म नै हो सृजनशिल बाल क्लबको अध्यक्ष सुनिल लम्साल...।।
😍😍😍
Thik cha
ردحذفधन्यवाद
حذفThankyou. Waiting for your memories in this topic.
حذفإرسال تعليق