धार्मिक एवं सांस्कृतिक आवस्था
नेपाल एकमात्र वैदिक, बौद्ध, जैन, किराती, बोन आदि गरी करीब ९५ प्रतिशत नेपालका मौलिक रैथाने सामाजिक र सांस्कृतिक पद्धतिको भौगोलिक, ऐतिहासिक, दर्शनको साझा आधारशिला भएको राष्ट्र हो । “वसुधैव कुटुम्बकम्” को आदर्श सहितको साझा वैदिक मान्यता अनुसारको राष्ट्र नेपाल नै आजको युगानुकूल पद्धतिबाट भू–राजनीतिक–वैधानिकता प्राप्त एउटा निश्चित भौगोलिक सीमाभित्रको राज्य हो । जहाँ विविध प्रजाति, जाति, भाषा, संस्कृति, सम्प्रदाय, समुदाय, जात, भौगोलिक क्षेत्र आदिको समन्वयबाट समष्टिकृत “राष्ट्रियता” निर्धारण भएको छ ।
मानवलाई प्रजाति, जाति, सम्प्रदाय, समुदाय, जात, भौगोलिक क्षेत्र आदि इत्यादि कुनै पनि आधारमा विभाजन नगरी समष्टिमा सारा संसार नै एक समष्टिकृत एकाइ हो भन्ने वैदिक मान्यता भए तापनि अनेक कारणले विश्वमा अनेक राष्ट्रहरू अस्तित्वमा आउने व्यावहारिक यथार्थले गर्दा राष्ट्रियता सिमित धर्म, भाषा, संस्कृतीद्धारा व्याख्या हुदैगइरहेकोछ । जसले साम्प्रदायिकता बढाएर राज्य बिखन्डनको बाटो समात्ने चिन्ता बढेकोछ । संसारभर यसको ज्वलन्त उदाहरणहरु प्रसस्त रहेकाछन् । “राष्ट्र” बन्ने अनेक आधारका बिच निर्णायक आधार भनेको एउटा निश्चित भौगोलिक सीमाबद्ध “राज्य” नै हो भन्ने मान्यतालाई सबल बनाउनु आजको आवश्यकता भएकोछ ।
तर आर्थिक, सामािजक, सांस्कृतिक पहिचानलाई थप विस्तार र विकाश गर्नु पर्नेमा रुढिवादी र कथित सत्ताधारीले जबरजस्ती अंगाल्न बाध्य पारिएको रुपमा गलत ब्याख्या गरी ९५ प्रतिशत बढीको आस्था रहेको वैधिक सनातनी ॐकार परिवारको रुपमा रहेको, विश्वकै मार्गदर्शकको रुपमा रहेको पुर्वीय दर्शनलाई निस्तेज पारी कथित आधुनिक हुने नाममा आफ्नो मौलिकतालाई पश्चिमी सांस्कृतिक अतिक्रमणकारीलाई बेच्ने कार्य भईरहकोछ । राष्ट्रियतालाई सम्प्रदायिकताको साँघुरो घेरबभित्र मात्र ब्याख्या गरी समग्र राष्ट्रको सामािजक, सांस्कृतिक, भौगोलिक एवं सम्प्रदायिक पहिचान सहितको एकतालाई धमिल्याउने चेष्टा भइरहेकोछ ।
उदाहरणको लागि नेपालको लागि पहिलो इसाई मिसन सन् १७१५ मा क्याथोलिक क्यापुचिन फ्रायर (ँचष्बचक) द्वारा स्थापित भयो। सन् १७६८ / ६९ मा नेपालको एकीकरण भएपछि क्यापुचिनहरूलाई निष्कासन गरियोे। क्रिश्चियन समूहहरूलाई आधिकारिक रूपमा जनताको माग अनुसार २ शताब्दीका लागि देशबाट प्रतिबन्ध लगाइएको थियो। सन् १९५१ (२००७) को क्रान्ति पछि, विदेशी मिसनरीहरूलाई नेपालमा सामाजिक सेवा कार्य गर्न प्रवेश गर्न अनुमति दिइयो भने सन् १९९० ( २०४६) मा बहुदलीय प्रजातन्त्रको स्थापना र धर्म परिवर्तनमाथिको प्रतिबन्ध खुकुलो भए पछि मात्रै नेपाली चर्चले तीव्र गतिमा विकास गर्न थाल्यो। त्यसमाथी २०७३ (सन् २०१५) मा जारी संबिधानले धर्म निरपेक्क्षता घोषणा गर्दै सांस्कृतिक अतिक्रमणलाई झन बढावा दिएकोछ । यसको प्रत्यक्ष प्रभाव अल्पसंख्यक सांस्कृतिक समुदायलाई परेको छ। यसमा केही हदसम्म राण शाशनको जातिय वर्गिकरणमा आधारित दण्ढकानुन र पञ्चायतकालमा स्थापित एकल सांस्कृतिक राष्ट्रियताको प्रयास पनि दोषि छन्।
नेपालमा सारमा वैदिक सनातन ( हिन्दु पनि भनीने ) को जनघनत्व बढी भए पनि वैदिक, बौद्ध, जैन, किराती, बोन आदि गरी करीब ९७ प्रतिशत नेपालका मौलिक रैथाने सामाजिक र सांस्कृतिक पद्धतिको उद्गम, विकास र विस्तार भएको भुमि हो। जसले गर्दा यहाँ सांस्कृतिक अन्तरघुलन रहेको छ हिन्दू सभ्यताका आयामहरुलाई बौद्धमार्गीहरुले सहर्ष स्वीकार गर्ने तथा बौद्ध, किराँत समुदायका सास्कृतिक सम्पदाहरु, चालचलन र रीतिरिवाजहरुमा हिन्दू समुदाय सहजै घुलमिल हुने परम्परा रहेको छ। बौद्धनाथ, पशुपतिनाथ, किराँतेश्वर महादेव, मुक्तिनाथ जस्ता साझा आस्थाका केन्द्रहरुले गर्दा सांस्कृतिक एकता सम्भव भएको छ ।
तर हालको यो सांस्कृतिक अतिक्रमणको विषम अवस्थामा मेरो सांस्कृतिक सभ्यता ठूलो भन्दै संस्कृतिक मपाइत्व गर्नुभन्दा पुर्बिय दर्शनको साझा उद्गम एबम् उत्तराधिकारीको रुपमा विकास गर्नुपर्दछ। राष्ट्र आफैंमा धर्म निरपेक्ष रहँदैन । कुनै पनि संस्कृति सभ्यताले राष्ट्र सञ्चालनलाई मार्गनिर्देशन गरेको हुन्छ। नेपालको सन्दर्भमा पनि पूर्वीय दर्शनमा आधारित रहेका सांस्कृतिक सम्पदाहरु वैदिक सनातन धर्म, बौद्ध, किरात, लगायतका सम्प्रदायको साझा मार्गदर्शन र मौलिक परम्पराले नै राज्य सञ्चालन गर्दछ। विद्यमान सांस्कृतिक विचलनको अन्त्यकालागि र वैशिक जगतमा नेपालको नेतृत्व कायम राख्न पनि आयातित सभ्यताहरुलाई उचित स्थानमा राख्दै नेपालमै उद्गम भयका मौलिक रैथाने सभ्यताको संरक्षण सम्बर्द्धन र विकास गर्दै गर्नुपर्ने पहिलो प्राथमिकता रहेको छ।

Post a Comment