पल पल मा छ जिन्दगी को नौलो उपहार,
पल पलमा छ जिन्दगी को जित र हार,
चिन्नु छ त्यो पल यहाँ..
जसमा छ जिन्दगी को सम्पूर्ण सार ..।।
पलमै मान्छे हुन्छ जोगी,
पलमै हुन्छ भोगी,
यो पलको के भर छ र हजुर...
आज बलवान, भोलि बनाइदिन्छ रोगी ।।
जहाँ मेरो जन्मको सार मिलोस्,
खोज्दैछु म त्यो पल कुर्दैछु त्यो पल,
दुःखसुख जे भए पनि...
मलाई मेरो मनको बहार मिलोस् ।।

إرسال تعليق